IME Life New

एसियन लाइफको व्यतित बीमालेखको पुनर्जागरणमा १००% सम्म ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा १०० प्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको छ।

कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै २०८२ वैशाख १२ गतेबाट परिपक्व हुन बाँकी अवधिको बीमालेखमा १०० प्रतिशतसम्म ब्याज छुटको घोषणा गरेको हो। कम्पनीले २०८१ चैत मसान्तसम्म भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका बीमालेखमा असार ३० गतेभित्र पुनर्जागरण गराउने बीमितलाई लाग्ने ब्याजमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

Esewa
Crest

यसैगरी १० वर्षदेखि माथिको बीमा व्यतित बीमालेखको पुनर्जागरणमा १०० प्रतिशत नै ब्याज छुट दिने निर्णय गरेको छ। कम्पनीले ५ वर्षदेखि १० वर्षभन्दा कम अवधिको बीमालेख पुनर्जागरणमा ५० प्रतिशत ब्याज छुट दिने जनाएको छ।

त्यस्तै २ वर्षदेखि ५ वर्षभन्दा कम अवधिको बीमालेखको पुनर्जागरणमा २५ प्रतिशत ब्याज छुट दिने निर्णय कम्पनीले गरेको छ।

कम्पनीले २ वर्षभन्दा कम परिपक्व अवधि बाँकी भएको अवस्थामा कुनै पनि छुट प्रदान नगरिने जनाएको छ। एकपटक ब्याज छुट लिइसकेका बीमितलाई पुनः ब्याट छुट प्रदान नगरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS