IME Life New

सूर्यज्योति लाइफको गरिमा र साख वृद्धि गर्दै अझै बृहत र विशाल बनाउने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गरिमा र साख वृद्धि गर्दै अझै बृहत र विशाल बनाउने प्रतिबद्धता गरिएको छ।

कम्पनीको १७ औँ वार्षिकोत्सवमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले १७ वर्षको सफल यात्रामा कम्पनीको बलियो वित्तीय अवस्था, विश्वसनीयता र हासिल गरेका सूचांकहरुको उन्नति र उत्कृष्टताका लागि आभर व्यक्त गरेका छन्। ‘सदैव कम्पनीले अवलम्बन गरेका नवीनतम प्रविधि, समयसापेक्ष ग्राहकमैत्री सेवाहरुप्रति प्रतिबद्ध रही आगामी दिनहरुमा पनि कम्पनीको गरिमा र शाख वृद्धि गर्दै अझै बृहत र विशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने प्रण गर्दै सम्पूर्ण शुभेच्छुक तथा सरोकारवालालाई नमन गर्दछु’, उनले भने।

Esewa
Crest

यसैगरी कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले कम्पनीको यस उपलब्धिमूलक यात्रामा आफूहरुलाई विश्वास गरी अटुट सम्बन्ध राख्ने सबै ग्राहकवर्ग, सदैव साथ दिने अभिकर्ता, अहोरात्र खट्ने कर्मचारी, निरन्तर विश्वास गरी हातेमालो गर्ने शेयरधनी, सदैव मार्गनिर्देशक गर्ने नियमनकारी निकाय, व्यावसायिक साझेदारलगायतस म्पूर्ण सरोकारवालामा साथ र योगदानका लागि कृतज्ञताका साथ धन्यवाद व्यक्त गरेका छन्।

हाल कम्पनीको चुक्तापुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। कुल लगानी ४४ अर्ब रुपैयाँ रहेको कम्पनीको जीवनन बीमा कोषमा ३९ अर्ब ४० लाख रुपैयाँ रहेको छ। नेटवर्थ ६ अर्ब ३० करोड रुपैयाँ रहेको कम्पनीले हालसम्म ३२ लाख ७५ हजार ४७९ वटा बीमालेख जारी गरेको छ।
शाखा सञ्जाल १७४ रहेको कम्पनीमा ५७६ जना कर्मचारी कार्यरत छन् भने १ लाख २ हजार २४० अभिकर्ता आबद्ध छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS