IME Life New

मेट लाइफको नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ नेपालले आफ्नो नवीनतम बिमा योजना ‘डबल प्रोटेक्सन प्लस सार्वजनिक गरेको छ । विश्वसनीय उच्च बीमा सुरक्षा र स्मार्ट बचतलाई एउटै योजनामा समेटिएको यो प्रकारको बीमा नेपालमा पहिलो नवप्रवर्तित् बीमा हो । जुन शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको केही समयमै यसमा ग्राहकको प्रतिक्रिया अत्यन्त उत्साहजनक रह्यो । सुरुको एक घण्टामै १०० वटा पोलिसी बुक भएको कम्पनीले जनाएको छ ।

डबल प्रोटेक्सन प्लस योजनाले ग्राहकलाई डबल बीमा सुरक्षा, लचिलो प्रिमियम भुक्तानी विकल्पहरू, र आकर्षक दीर्घकालीन बचत सुविधाहरू प्रदान गर्छ । ग्राहकले एकमुष्ट प्रिमियम भुक्तानी वा केवल ५ वा १० वर्षको सीमित अवधिको प्रिमियम भुक्तानी विकल्प रोज्न सक्छन् । जसअनुसार योजना अवधिभर बीमा सुरक्षा पाइन्छ । यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरूका लागि उपलब्ध छ र ७५ वर्षसम्मको बीमा सुरक्षा सुनिश्चित गर्दछ । लचिलोपन र भरपर्दो बीमा सुरक्षाले गर्दा यो योजना आजको मितिमा बजारमा उपलब्ध सबैभन्दा आकर्षक सुरक्षा तथा बचत योजनामध्ये एक बनेको छ ।

Esewa
Crest

यस योजनाको मुख्य विशेषता हो डबल बीमाङ्क रकमको लाभ – यदि योजना अवधिमा दुर्घटना वा रोगका कारण बीमित व्यक्तिको मृत्यु वा पूर्ण तथा स्थायी अपाङ्गता वा असक्तता भएमा, ईच्छाइएको व्यक्ति वा बीमित व्यक्तिलाई बीमाङ्क रकमको दोब्बर रकम एकमुष्ट रूपमा प्रदान गरिन्छ ।

साथै, यस योजनामा दुई विशेष लाभहरू पनि छन्ः बुस्टर फन्ड लाभ– मेटलाइफको सेग्रेगेटेड फन्डको लगानी प्रतिफलको आधारमा, पहिलो बीमालेख वार्षिकोत्सवदेखि प्रत्येक वर्ष प्रदान गरिने वार्षिक भुक्तानी र लयाल्टी रिवार्ड लाभ – बीमित व्यक्तिको जीवन अवधिमा हरेक पाँच वर्षको अन्तमा बीमा अवधिको अन्त्य सम्म सुनिश्चित रूपमा प्राप्त हुने जनाएको छ ।

यस कार्यक्रममा बोल्दै मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भनेः “हामी सबैका लागि यो एक गौरवको क्षण हो । डबल प्रोटेक्सन प्लस योजनासँग हामी केवल एउटा नयाँ उत्पादन मात्र ल्याइरहेका छैनौं – हामी नेपाली परिवारहरूलाई मानसिक शान्ति र वित्तीय सुरक्षाको अनुभव दिलाइरहेका छौं । भविष्यप्रति विश्वास जगाउने र सुरक्षित बनाउने हाम्रो उद्देश्यलाई यो योजनाले साकार बनाउनेछ ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS