IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा सम्पन्न, अझै ६ वर्षको वित्तीय प्रतिवेदन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वको एक मात्र जीवन बीमक, राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान) ले आठ वर्ष अघिको आर्थिक कारोबारको वित्तीय प्रतिवेदन बल्ल साधारण सभाबाट स्वीकृत गराएको छ।

कमजोर संस्थागत सुशासनबाट गुज्रिरहेको यो जीवन बीमकले गत आर्थिक वर्ष २०८०।८१ को साधारण सभा सम्पन्न गरिसक्नुपर्ने समय घर्की सक्दा बल्ल आर्थिक वर्ष २०६९।७० देखि २०७३।७४ को साधारण सभा एकमुष्ठ गरेको छ। यो अवधिको वार्षिक वित्तीय प्रतिवेदनहरू साधारण सभाबाट स्वीकृत गराएको छ।

Esewa
Crest

रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी वृद्धिको योजनालाई अनुमोदन गरेको छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समयानुकूल संशोधनसमेतका कार्य गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले सञ्चालक समितिका अध्यक्षको वार्षिक प्रतिवेदनका साथै सम्मको लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७६।७७ देखि २०७८।७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS