IME Life New

सानिमा लाइफ इन्स्योरेन्सको शाखा लगनखेलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः सानिमा लाईफ इन्स्योरेन्सले कम्पनीले ललितपुरको लगनखेलमा शाखा कार्यालय विस्तार गरेको छ ।

इन्स्योरेन्सले बुधवार एक कार्यक्रमकाबीच शाखा कार्यलयबाट औपचारिक कारोबारको थालनी गरेको हो । कम्पनीले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि र सर्वसाधारणमा विमा चेतना जगाई नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याउने उद्देश्यले बुधवार शाखा कार्यालयको विस्तार कार्यलाई तिव्रता दिइरहेको छ ।

Esewa
Crest

कम्पनीको सो शाखा उद्घाटन कार्यक्रममा कम्पनीका संचालक घनश्याम थापा, संचालक बद्री बिशाल घिमिरे, सदभावना दुत कलाकार जीतु नेपाल, स्वस्तिमा खड्का, कम्पनीका नायव महाप्रबन्धक केशव राज के.सी, मुख्य प्रबन्धक गणेश चौलागाइ, प्रमुख वित्त अधिकृत आर्यक रन्जन बराल, वरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायत स्थानिय भद्र भलादमीहरु समेतको उपस्थिति रहेको थियो ।

सानिमा लाईफ इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात रु ६० करोड निकट भविष्यमा सर्वसाधारणमा शेयर बिक्री गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याइने सञ्चालकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS