IME Life New

सानिमा रिलायन्स लाइफको करिब पौने १६ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको करिब पौने १६ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको १५ लाख ७४ हजार २५१ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा कम्पनीको विद्यमान संस्थापक शेयरधनीका साथै अन्य इच्छुक व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

कम्पनीले यसअघि गत फागुन १ गतेदेखि फागुन १९ गतेसम्म यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो। तर, संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गर्नुपरेको कम्पनीले जनाएको छ।

अब इच्छुक संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि वैशाख १३ गतेभित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS