IME Life New

एलआइसी नेपालले व्यतित बीमालेख नविकरणमा ब्याज छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा विलम्ब शुल्कमा भारी छुट दिने भएको छ। कम्पनीबाट प्राप्त सूचना अनुसार यस अघि व्यतित भएका बीमालेखहरू २०८१ चैत १९ गतेदेखि २०८२ जेठ १७ गतेसम्म सुचारु गरेमा उक्त बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ।

३ वर्षभन्दा कम व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत छुट दिइने जनाएको छ।

Esewa
Crest

अधिकतम बीमितहरुले व्यतित भएका बीमालेखमा बिलम्ब शुल्क छुट सुविधाका लागि अनुरोध गरेको तथ्यलाई मध्यनजर गर्दै कम्पनीले छुटको प्रकिया अगाडि सारेको जनाएको छ।

यस योजनामा समावेश भई बीमालेखहरु पुनर्जागरण गर्दा एकातर्फ सुलभ दरमा बीमा सुचारु भई कम्पनीप्रति बीमितको विश्वास बढ्न जाने र अर्को तर्फ बीमितको जोखिमको पनि रक्षावरण हुने कम्पनीले जनाएको छ ।
यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS