IME Life New

नेशनल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ।

करिब ६ दर्जन अभिकर्ताको बाक्लो पस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीको महेन्द्रनगर शाखाका जेष्ठ अभिकर्ता एवम् पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक नेशनल लाइफ महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्टले गरेका थिउ ।

Esewa
Crest

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेश प्रमुख नविनकिशोर भट्टको प्रमुख आतिथ्य रहेको कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रमुख अमर सिह धामि ले सहभागीलाई स्वागत मन्तब्य राखेका थिए ।

पेशागत अभिकर्ता संघ नेपाल सुदुरपश्चिम प्रदेश सचिव धनसिह ठगुन्नाले बीमा पोलिसी र पेशागत हकहितका बारेमा प्रकाश पारेका थिए ।

सफल व्यावशायिक र सक्षम अभिकर्तामा हुनुपर्ने बिशेषताका बारेमा सिनियर बिजनेस म्यानेजर द्वय पुष्पा कुमारि चन्द र नवराज अवस्थिले आफ्नो अनुभव साटेका थिए ।

अभिकर्ता पुनर्ताजगी कार्यक्रमको संचालन नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS