IME Life New

गितान्जलीले वैवाहिक वर्षगाँठको अवसरमा श्रीमानलाई दिइन् ५० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो। होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा भरतपुर महानगर ९ स्थित मिलनचौक बस्ने एक दम्पतिले वैवाहिक वर्षगाँठको अवसरमा आफ्ना श्रीमानलाई बीमा पोलिसी उपहार दिए कि छिन् । श्रीमती गितान्जली गौतमले आफ्ना श्रीमान गोविन्द तिमिल्सिनालाई ५० लाखको अमृत श्री १५ बर्षे जिवन बिमा उपहार दिएकी हुन् ।

Esewa
Crest

आफ्ना श्रीमानको जिम्मेवारी, जोखिम हेरि पारिवारिक भविष्यका लागि लागि आवश्यक रहेको भन्दै उनले नेशनल लाईफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन्।

नेशनल लाईफ इन्स्योरेन्स नारायणगढ शाखाका प्रमुख राजु शाह कानुले प्रशंसनीय प्रेरणादायी कार्य गरेकोमा दम्पतीलाई वैवाहिक वर्षगाठको बधाइ दिनुका साथ–साथै पोलिसी हस्तान्तरण गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको लगानी समेत रहेको नेशनल लाईफ इन्स्योरेन्स ३८ वर्ष देखि बिमा बजारको नेतृत्व गरिरहेको शाखा प्रबन्धक शाहले बताए।
बोनसदर उच्च रहेको, वाणिज्य बैंकको लगानी रहेको र ३८ वर्ष पुरानो बिमा कम्पनी रहेको हुँदा आफुहरुको रोजाइमा नेशनल लाईफ इन्स्योरेन्स परेको गीताञ्जली गौतमले बताइन्।

१० बर्ष अघि समेत नेशनल लाईफ इन्स्योरेन्समा बिमा खरिद गरी परिपक्क भएर दाबी समेत पाइसकेका गोविन्द तिमल्सिना उक्त ५० लाखको बीमा श्रीमतीबाट उपहार पाउँदा खुसी भएको बताए । घर खर्चका लागि दिएको रकम सञ्चय गरेर बीमा गरिदिएकोमा श्रीमती गौतमलाई धन्यवाद समेत दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS