IME Life New

पहिलो निप्स कर्पोरेट फुट्सल – २०८१ सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी कोशी निप्स इटहरी च्याप्टरद्वारा कोशी प्रदेशका बैंक , बीमा कम्पनी तथा नेपाल टेलिकमका बिच कर्पोरेट फुट्सल टुर्नामेन्ट सम्पन्न गरेको छ । फागुन २४ गते इटहरी स्थित एरेन स्पोर्ट्स को प्रागणमा संचालित सो कार्यक्रमको सभापति निप्स इटहरी च्याप्टरका उपाध्यक्ष गणेश श्रेष्ठले गरेका थिए ।

प्रमुख अतिथिमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक पुष्पा खनाल थिइन् । अतिथिहरुमा निप्स कोशी कोषाध्यक्ष नारायण गौतम, सिद्धार्थ प्रीमियर इन्स्योरेन्सका प्रकाश निरौला, प्रभु इन्स्योरेन्सका प्रदेश प्रमुख सुनिल पाण्डे , प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कोशी प्रदेश प्रमुख धना भट्टराई लगायतका सम्पुर्णले यस खाले आयोजनाले संघ संस्थाका कर्मचारीबीच भाइचारा तथा कर्पोरेट कल्चरको विकास हुनेमा जोड दिएका थिए ।

Esewa
Crest

स्वास्थका लागि खेलकुद संस्थाकालागी एकजुट भन्ने मुल नाराका साथ आयोजना गरिएको यस फुट्सल टुर्नामेन्टमा जम्मा १४ टिमको सहभागिता रहेको थियो । कार्यक्रम सम्योजक गोपाल पौडेलले कार्यक्रम सफल बनाउन सहभागी सम्पूर्ण सहभागी बैंक, बीमा कम्पनी तथा नेपाल टेलिकमका टिम लाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ उत्कृष्ट खेल कार्यक्रमहरुको आयोजना गर्ने बारे प्रतिबद्धता व्यक्त गरे ।

फाइनल खेल प्रभु बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच निकै रोमाञ्चक रहेकोमा प्रभु बैंकले सलिको लाई १- ० ले हराउँदै सिरिज हात पार्न सफल भएको थियो । बिजेतालाई रु ३०००० तथा उप बिजेतालाई १५००० साथै ट्र्फिहरु कार्यक्रमका प्रमुख अतिथि पुष्पा खनालले हस्तान्तरण गरेकी थिइन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभु बैंकका नविन राईले सबैभन्दा धेरै ७ गोल गरि हाइएष्ट स्कोरको उपाधी पाउन सफल भए भने सलिकोका गोलकिपरले उत्कृष्ट गोलकिपर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS