IME Life New

प्रभु महालक्ष्मी र सानिमा रिलायन्स लाइफलाई दाँजेर हेर्दा को देखियो तगडा ? (इन्फोग्राफिकसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स दुवैले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको अवस्थामा दुवै कम्पनीलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनःचुक्तापुँजीः कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासको वित्तीय विवरणका आधारमा प्रभु महालक्ष्मीको चुक्तापुँजी ४ अर्ब ७२ करोड रुपैयाँ रहेको छ भने सानिमा रिलायन्सको चुक्तापुँजी ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

रिटेन्ड अर्निङः प्रभु महालक्ष्मीको रिटेन्ड अर्निङमा ६८ करोड ९८ लाख रुपैयाँ रहेको छ भने सानिमा रिलायन्सको रिटेन्ड अर्निङमा ५० करोड ८४ लाख रुपैयाँ रहेको छ।

Crest

अन्य इक्विटीः प्रभु महालक्ष्मीको अन्य इक्विटीमा ११ करोड ९२ लाख रुपैयाँ रहेको छ भने सानिमा रिलायन्सको अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ रहेको छ।

जीवन बीमा कोषः जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा प्रभु महालक्ष्मीको जीवन बीमा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ रहेको छ भने सानिमा रिलायन्सको जीवन बीमा कोषमा १६ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जनः प्रभु महालक्ष्मीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सानिमा रिलायन्सले ३ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमाशुल्क आर्जनः प्रभु महालक्ष्मीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सानिमा रिलायन्सले ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु महालक्ष्मीले २३ करोड २० लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने सानिमा रिलायन्सको ३१ करोड ५ लाख रुपैयाँ रहेको छ।

खुद नाफाः दोस्रो त्रैमाससम्म प्रभु महालक्ष्मीले १८ करोड २५ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा सानिमा रिलायन्सले २३ करोड १६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मूल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मूल्यांकनपश्चात मात्र वास्तविक आउनेछ।

प्रतिशेयर आम्दानीः प्रभु महालक्ष्मीको वार्षिक प्रतिशेयर आम्दानी ७.७३ रुपैयाँ छ भने सानिमा रिलायन्सको ९.३६ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः प्रभु महालक्ष्मीको प्रतिशेयर नेटवर्थ ११९.६४ रुपैयाँ छ भने सानिमा रिलायन्सको ११४.३८ रुपैयाँ छ।

(नोटः उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो। यो विश्लेषण पूर्ण होइन। लगानीकर्ताले कारोबारको निर्णय लिनुअघि थप अनुसन्धान गर्नुपर्नेछ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS