IME Life New

नेशनल लाइफ धरान शाखाले बालआश्रमका बालबालिकालाई भोजनसहित मनायो वार्षिकोत्सव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाले बालआश्रमका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई भोजन खुवाएर वार्षिकोत्सव मनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ३ बाबाधाम मार्गमा रहेको स्थानीय सरस्वती बालआश्रमका बालबालिकासँगै कम्पनीको ३८औँ वर्षगाठ मनाइएको हो ।
धरान शाखा प्रमुख प्रेमकुमार राईका अनुसार सो अवसरमा २०४८ सालमा स्थापना भई निरन्तर संचालनमा रहेको बालआश्रमका एक दर्जनबढी बालबालिकालाई भोजन गराइएको थियो । कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता र बालआश्रमका कर्मचारीहरुको उपस्थिती रहेको थियो । त्यस्तै शाखा कार्यालयमा अभिकर्ता र कर्मचारीहरुले ३८औँ वर्षको केक काटेर आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।
देशकै सबैभन्दा पुरानो बीमा कम्पनी नेशनलले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर सामाजिक परोपकारी कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS