IME Life New

नेसनल लाइफ ३८औँ वर्षमा प्रवेश, अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने दृढ संकल्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३८ औँ वर्षमा प्रवेश गरेको छ।

कम्पनीले आजभन्दा ३८ वर्ष अगाडि अर्थात २०४४ फागुन १० गतेदेखि बीमा व्यवसाय शुभारम्भ गरेको थियो। सुरुमा जीवन र निर्जीवन दुवै प्रकृतिको व्यवसाय गरेको नेसनल लाइफले २०६१ सालदेखि जीवन बीमा व्यवसायमात्रै गर्दै आइरहेको छ।

Esewa
Crest

कम्पनीले देशभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ। कम्पनीले वार्षिकोत्सवका अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ता एवं शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ। यसका साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि कृतज्ञता पनि व्यक्त गरेको छ।

जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै ब्रान्ड बनाउन सफल नेसनल लाइफले अहिलेसम्मको छापलाई निरन्तरता दिँदै अझै प्रविधिमैत्री बनाउँदै लैजाने योजना बनाएको छ। आगामी दिनमा समेत अझ सबल एवं गुणस्तरीय सेवा प्रदान गर्ने दृढ संकल्प कम्पनीले व्यक्त गरेको छ।

नेसनल लाइफले जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गरिरहेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म कम्पनीको चुक्तापुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ रहेको छ। कम्पनीको जीवन बीमा कोषमा ७७ अर्ब ९५ करोड रुपैयाँ जम्मा भइसकेको छ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले ९ अर्ब ४८ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। दोस्रो त्रैमाससम्म कम्पनीले २७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS