IME Life New

एलआइसी नेपालको वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले आज फागुन ७ गते वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रजातन्त्र दिवसको अवसर पारेर गोकर्णेश्वरमा सो कार्यक्रमको आयोजना गरेको हो ।  कम्पनीको उपत्यकाभित्रका ६ वटा शाखा कार्यालय (ललितपुर, बानेश्वर, बनेपा, किर्तिपुर, चावहिल र काठमाडौं) का अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी, ब्रान्च म्यानेजर सहितको भव्य उपस्थितीमा कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ), डीसीओ, मार्केटिङ प्रमुख तथा बागमति प्रदेश प्रमुखको समेत उपस्थिती रहेको थियो ।

Crest

उक्त कार्यक्रममा विभिन्न खेलहरु (म्युजिकल चिअर, हाँडी फुडाउने, मार्बल खेल) को आयोजना गरिएको थियो । सो खेलमा प्रथम, दोस्रो र तेस्रो हुनलाई बागमति प्रदेश प्रमुख तथा मार्केटिङ प्रमुखले सम्मान सहित पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा उपस्थितले नाचगाँन गरेर कार्यक्रमलाई भव्य तथा सभ्य रुपमा समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS