IME Life New

प्रमिशाले आफ्नो विवाहमा पाइन् सिटिजन लाइफको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विवाह, ब्रतबन्ध र जन्मदिनजस्ता शुभ कार्यमा उपहार दिने परम्परा वषौंदेखि चल्दै आएको छ। समय अनुसार उपहारका स्वरूपहरू परिवर्तन हुँदै गर्दा अहिले जीवनकै अमूल्य उपहारका रूपमा बीमा पोलिसी दिने चलन बढ्दै गएको छ।

यसै सन्दर्भमा चक्रघट्टी, बराहक्षेत्र –६ महेन्द्रनगर अवस्थित चक्रघट्टी शाखाको एजेन्सी एजेन्सी म्यानेजर, कर्मचारी मिलेर आफ्नो एजेन्सी प्रमिशा श्रेष्ठलाई विवाहमा २ लाख रुपैयाँको सिटिजन शुभारम्भ पोलिसी उपहार दिएका छन्। जीवनमा आइपर्न सक्ने जोखिम बहन गर्न र दीर्घकालीन बचतको शुरूवात गर्न मद्दत पुर्याउने उद्देश्यका साथ यो उपहार दिएको हो।

Esewa
Crest

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको चक्रघट्टी शाखाका एजेन्सी म्यानेजर अमरलाल धामीका अनुसार यो उपहारले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याहरूको समाधान गर्न सहयोग पुर्याउँछ। उनले परम्परागत उपहारभन्दा बीमा दीर्घकालीन उपयोगी हुने भएकाले यसप्रति चासो बढ्दै गएको बताए।

चक्रघट्टी शाखाका शाखा प्रबन्धक प्रमेश श्रेष्ठले बीमा उपहार दिनु नौलो काम भए पनि पछिल्लो समय यो प्रचलन बढ्दै गएको जानकारी दिए। उनका अनुसार विवाहलाई जीवनको महत्त्वपूर्ण कर्म मानिएजस्तै बीमालाई पनि जीवनको अनिवार्य अंगका रूपमा बुझ्न आवश्यक छ।

विवाह समारोहमा उपस्थित आफन्त र जन्तीहरूले सिटिजन लाइफ चक्रघट्टी शाखाको एजेन्सी र कर्मचारीहरूको कदमको प्रशंसा गर्दै आफ्नो जीवनका लागि पनि बीमा गराउने इच्छा व्यक्त गरेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS