IME Life New

सुवासले आफ्नो जन्मदिनमा खरिद गरे बीमा पोलिसी, अभिकर्ता बनेर समाजसेवा गर्ने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसै क्रममा रौतहट बसन्तपुर जन्म घर भइ हाल महालक्ष्मी नगरपालिका इमाडोल ललितपुरमा बस्ने नेपाली काङ्ग्रेस रौतहट काठमाडौं सम्पर्क समितिको सभापति ,काङ्ग्रेस व्यवसायिक सीप विकास बिभागको सदस्य सचिव, नेपाल होस्टल एसोसियसनका पुर्ब केन्द्रिय अध्यक्ष तथा समाजसेबी सुवास कोइरालाले आफ्नो जन्मदिनमा बीमा पोलिसी खरिद गरेका छन् ।

उनले सिटिजन लाइफमा आफ्नो जन्मदिनको अबसर पारेर सिटिजन शुभारम्भ बीमा योजना पोलिसि खरिद गरेका हुन् । आफ्नो सुरक्षा अनि निरन्तर बचतले भविष्य सुनिश्चित हुने र प्रत्येक वर्षमा एक पटक पैसा जम्मा गरेपछि एकातिर बचत हुने,घातक रोगको कभरेज हुने,स्थाइ अपाङ्गताको कभरेज हुने, र अर्को तिर आफ्नो परिवारकै आर्थिक सुरक्षा हुने भएकाले पनि उनले बीमा पोलिसी खरिद गरेको जनाए ।

Esewa
Crest

साथै उनले अब अरु आफ्ना महत्वपुर्ण कामका बाबजुत बिसुद्द समाज सेवा पनि हुने र आफ्नो आर्थिक समृद्धि पनि हुने भएकाले आफु पनी बीमा अभिकर्ताको लाइसेन्स लिएर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले आफू सङ्गै अन्य धेरैलाइ जीवन अभिकर्ताको बारेमा बुझाएर उनीहरुलाइ पनि समाजसेवा सङ्गै आर्थिक अवस्था थप बृद्धि गराउन लागि पर्ने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS