IME Life New

हिमालयन लाइफको बोनस शेयर घोषणा, करबापतको रकम भने शेयरधनीले तिर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

Esewa
Crest

बोनस शेयरमा लाग्ने कर भने शेयरधनीहरुलाई आफैँले तिर्नुपर्ने कम्पनीले जनाएको छ। प्रचलित कानुनी व्यवस्थाबमोजिम बोनस शेयरमा लाग्ने करबापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

बोनस शेयर वितरणपछि हिमालयन लाइफको चुक्तापुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ पुगेको छ। जुन लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये सबैभन्दा धेरै हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

79%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS