IME Life New

बोनस शेयरमा लाग्ने करको रकम जम्मा गर्न शेयरधनीलाई सानिमा रिलायन्स लाइफको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० को १८.३८११ प्रतिशत बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै गत असोज २३ गतेको सातौँ वार्षिक साधारणसभाबाट अनुमोदन भइसकेको उक्त बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको हो।

Esewa
Crest

साबिक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स आपसमा गाभिएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट २०७९ चैत ९ गतेबाट एकीकृत कारोबार सुरु भएको थियो। आयकर ऐन, २०५६ को दफा ४७ (क)को उपदफा ५ मा भएको व्यवस्थाअनुसार गाभिएको मितिमा कायम रहेका शेयरधनीहरुलाई गाभिएको मितिबाट २ वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था छ। तर, एकीकृत कारोबार मितिपश्चात भएको शेयर कारोबारबाट प्राप्त शेयरको बोनस शेयरमा लाभांश कर लाग्ने प्रावधान रहेको छ।

सोही प्रावधानबमोजिम उक्त १८.३८११ प्रतिशत बोनस शेयरको ५ प्रतिशत करबापतको रकम काठमाडौंको बबरमहलस्थित एनएमबि बैंकमा रहेको सानिमा रिलायन्स डेभिडेन्ड ट्याक्स अकाउन्ट (बैंक खाता नाम) ९९०००५३६६७८००१७३ जम्मा गर्न सकिने व्यवस्था गरिएको कम्पनील्े जनाएको छ। करबापतको रकम बैंक खातामा जम्मा गर्दा विवरणमा आफ्नो हितग्राही खाता नम्बर, नाम तथा मोबाइल नम्बरसमेत अनिवार्य रुपमा उल्लेख गर्न कम्पनीले आग्रह गरेको छ।

बैंक खातामा रकम जम्मा गरेको भौचर स्क्यान गरी www.sanimareliance.com/share-tax-2 मा प्राप्त भएश्चात मात्र बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

71%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS