IME Life New

सिटिजन लाइफको चक्रघट्टी शाखाले जन्मायो पहिलो एमडीआरटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनसरी बराहक्षेत्र नगरपालिका -३ हर्दियाका स्थायी बासिन्दा हुन् अमरलाल धामी। धामी २०४४ साल कार्तिक २३ गते बुबा सुनारलाल धामी र आमा जितनी धामीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएका हुन् सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध भएका धामी बताउँछन्। एक्काइसौँ शताब्दीमा बीमा क्षेत्र एउटा चुनौती अवसर सुरक्षा बचत आर्थिक मेरुदण्ड सँगसँगै जोखिम हस्तान्तरणको माध्यम हो। उनी २०२५ को लागि एमडीआरटी बन्न सफल भएका छन् ।

धामी भन्छन्मा, ‘निस बोलेर होइन गरेर देखाएको देख्न चाहन्छन्। किनकी मानिस सुन्न होइन देख्न चाहन्छन।’ सिटिजन लाइफसँग आबद्ध भएको एक वर्ष नबित्दै धामीले यो उपलब्धि हासिल गरेका हुन् । संघर्स, धैर्यता र निरन्तरतालाई बिस्वास गरेर बिस्तारै अघि बढ्दै सफलताको गगनचुम्बीहरू चुम्ने विश्वास उनले लिएका छन् ।

Esewa
Crest

सुरु-सुरुमा बीमाको बारेमा केही पनि थाहा नभएको र आफू सहकारीमा समेत आबद्ध भएकोले सहकारीको ऋणहरूको बीमा सिटिजन लाइफ इन्स्योरेन्समा गराउने सोचेका धामीको बिस्तारै शाखा प्रमुख प्रमेश श्रेष्ठसँग भेट भयो । अनी बीमाको बारेमा विस्तृत जानकारी र अभिकर्ता पेसाबारे खुलेर शाखा प्रमुख प्रमेश श्रेष्ठले बताए । साथै, त्यसै शाखामा कार्यरत एजेन्सी म्यानेजर लोकराज कार्कीको कुराले उत्प्रेरित भएर गत २०८० फागुनमा बीमा प्राधिकरणले लिएको अभिकर्ता परीक्षा पास गरी सिटिजन लाइफको चक्रघट्टी शाखामा आबद्ध भएर आफू कार्यरत भरोल बचत तथा ऋण सहकारी बाट ऋण लिने ऋणहरूको बीमा गर्ने सम्झौता गरे ।

धामी भरोल बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकको भूमिका निर्वाह गरिरहेकोले सहकारीलाई कहिले नबिर्सिने प्रतिबद्धता व्यक्त गर्दै फुर्सदको समय मिलाएर समाजमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जोखिम हस्तान्तरणको निम्ति बीमा अपहार्य भएकोले आफूसँग सम्बन्धित व्यक्तिहरूलाई बीमामा जोड्ने काम गर्दै आइरहेका छन् ।

धामी भन्छन्, सिटिजन लाइफसँग आबद्ध भएदेखि सम्पत्ति सिप र सम्मानको कमी भएको छैन। सिटिजन लाइफ नेपालमा भएका १४ वटा इन्स्योरेन्स कम्पनीमध्ये मेरो लागि उत्कृष्ट बन्न पुग्यो। सिटिजन लाइफ सँग आबद्ध भएदेखि सम्मानको कमी भएको छैन। कम्पनीले सासानो कुराहरूमा पनि उत्कृष्ट कार्य सम्पादन गर्दा सम्मान गर्ने भएकोले सम्मानको खाँचो नहुने अमरलाल धामी बताउँछन्।

कम्पनीले दिने प्रत्येक स्किममा आफूले उत्कृष्ट कार्य सम्पादन गर्न प्रतिवद्ध रहेको बताए । गतवर्ष शाखा बाटै हिरो अफ द इयरको उपाधि जितिसकेको उनले बताए । गत कार्तिक २७ गते नेपालभरिबाटै उत्कृष्ट कार्य सम्पादन गर्दै हिरो अफ द डे को उपाधि समेत जित्न सफल भए । आगामी दिनहरूमा अझ महान् उचाइहरू चुम्ने र आफ्नो टिमलाई मजबुत बनाउँदै जाने प्रतिबद्धता समेत जाहेर गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS