IME Life New

नेपाल लाइफबाट एमडीआरटी २०२५ का लागि ९४ जना योग्य, भिमा बनिन् सीओटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरटीमा ९४ जना र सीओटीमा एक जनासहित ९५ जना योग्य भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी यस कम्पनीबाट ९४ जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन् । भिमा पन्थी कोर्ट अफ द टेबल (सीओटी) का लागी योग्य भएको कम्पनीले जनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय तथा विभिन्न शाखा र उप शाखा कार्यालयमा आबद्ध अभिकर्तामध्ये २०२५ का लागि ९४ जना अभिकर्ताले उक्त लक्ष्य हासिल गरेका हुन् । यस सन्दर्भमा कम्पनीले सबै अभिकर्तालाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्य सम्पादन गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS