IME Life New

सूर्यज्योति लाइफबाट एमडीआरटी-२०२५ का लागी ४० जना योग्य, २ जना बने सीओटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी सूर्यज्योतिका ४० जना उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका छन। उक्त ४० जनामध्ये गौरव कुमार शाही र दिपक सापकोटा कोर्ट अफ द टेबल (सीओटी) का लागी योग्य भएका छन। गौरव कुमार शाही सीओटीमा दोस्रो पटक छनौट हुन सफल भएका हुन।

जसअनुसार कोशी प्रदेशबाट २ जना, मधेस प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १७ जना, गण्डकी प्रदेशबाट ५ जना, लुम्बिनी प्रदेशबाट ८ जना, कर्णाली प्रदेशबाट ५ जना र सुदुर पश्चिम प्रदेशबाट २ जना गरी जम्मा ४० जना छनोट भएका हुन।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सन् २०२५ को लागि मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) का लागि छनोटट हुन सफल ४० जना सबैलाई मकाउमा आयोजना हुने विश्वभरका अभिकर्ताहरुको भेलामा नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झण्डा फहराउन अवसर प्राप्त गरेका अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरेका छन। प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीसँग आबद्ध भएका हजारौ कर्मठ, लगनशिल र मेहनति अभिकर्ताहरु प्रति पनि कृतज्ञता ब्यक्त गर्दै आगामी दिनमा उत्कृष्टता हाँसिल गर्न आग्रह गरेका छन।सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पूँजी रु ५०१ करोड, कुल लगानी ४,१५२ करोड, जीवन बीमा कोष ३,६०५ करोड, जारी बीमालेख संख्या ३१ लाख , प्रशिक्षित अभिकर्ता संख्या ९९,५४५ र देश भर रहेका १७६ शाखा संजाल द्वारा सेवा प्रदान गरी रहेको छ। बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो ISO 9001-2015   प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न पनि सफल भएको छ।

साथै कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधि भित्रै आर्थिक वर्ष २०८०र८१ को बार्षिक साधारण सभा यहि पौष ६ गते सम्पन्न गर्दै शेयरधनीहरुका लागि २० प्रतिशत नगद लाभांस समेत बितरण गरीसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS