IME Life New

एलआईसीको हकप्रद भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन –एलआईसी नेपाल)को हकप्रद शेयरमा आवेदन दिने आज पुस १७ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत मंसिर १२ गतेदेखि आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। यो शेयरमा पुस २ गतेसम्म आवेदन खुला गरिएको थियो। तर, तोकिएको मितिसम्म मागबमोजिम आवेदन नपरेपछि कम्पनीले पुस १७ गते बैंकिङ समयसम्मका लागि आवेदन म्याद थप गरेको हो।

Esewa
Crest

कम्पनीले कायम चुक्तापुँजीको ८८.४५१६८ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर जारी गरेको छ। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो। यसको अर्थ कात्तिक ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै काठमाडौंको पुतलीसडकस्थित एलआईसीको कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्युअर रेटिङ ए प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS