IME Life New

प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका चिफ एजेन्सी म्यानेजर नबीन शेरचन एमडीआटी २०२५ को लागि क्वालिफाइड भएका छन् । यससँगै उनी लगातार छैटौं पटक एमडीआरटी क्वालिफाइड बन्न सफल भएका हुन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट निरन्तर छैटौं पटक एमडीआरटी क्वालिफाइड हुने एकमात्र अभिकर्ता हुन् शेरचन।

लगातार दश वर्षसम्म एमडीआरटीमा क्वालिफाइड बन्दै विश्वको एकमात्र ग्लोबल संस्था एमडीआटीको आजीवन सदस्याता लिने लक्ष्य लिएका शेरचनले २०२० बाट लगातार एमडीआरटी क्वालिफाइड हुँदै आएका छन् ।

Esewa
Crest

बागलुङको बोङ्गादोभानमा जन्मेका बहुआयामिक व्यक्तित्व उनी बीमा अभिकर्ताको अतिरिक्त राजनीतिकर्मी समेत हुन् । जनमानसमा बीमा अभिकर्ताको माध्यमबाट बचत र सुरक्षाको वित्तीय साक्षरता फैलाइरहेका शेरचन प्रत्यक्ष तथा परोक्ष रूपमा समाजसेवामा समेत जोडिएका छन् ।

उनी थकाली समुदायका पुरोहित, ढोरपाटन नगरपालिकाका निर्वाचित जनप्रतिनिधि र लायन्स क्लब अफ काठमाडौं म्याग्दीका पूर्व अध्यक्ष समेत हुन् । निरन्तरको मेहेनत, लगनशीलता र धैर्यतामा विश्वास गर्ने उनी मानिसले आफू सफल हुनको लागि लक्ष्य र गन्तव्यलाई सदैव मानषपटलमा राख्दै आफ्नो कर्ममा दृढ विश्वास राख्नुपर्ने बताउँछन् ।

शेरचनले भने, देशमा आर्थिक मन्दी छ । नेपालमा केहीपनि गर्न सकिँदैन भन्दै विसङ्गति बोध गर्ने हजारौं युवा आफ्नो मातृभूमि छोडेर विदेशीरहेको सन्दर्भमा पनि हामी आफ्नै देशमा केही गर्न सक्छौं भन्ने” सन्देश सबैसामु फैलाउन खोजिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS