IME Life New

व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५%सम्म छुट दिने प्रभु महालक्ष्मीको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै पुस ३ गतेदेखि पुस १७ गतेसम्म कम्पनीबाट जारी बीमालेख व्यतित भई पुनर्जागरण गर्दा नवीकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो। यो छुट योजना समुन्नति जीवन बीमा आयोजनाबाहेक अन्य योजनामा लागू हुने प्रस्ट पारेको छ।

Esewa
Crest

कम्पनीले २ वर्षभित्रको व्यतित बीमालेखहरु नवीकरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत, २ वर्षदेखि ३ वर्ष अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखमा २५ प्रतिशत छुट दिइने जनाएको छ।

यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेख पुनर्जागरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको विलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।

यसैगरी यसभन्दा पहिले विलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश नगरिने कम्पनीले स्पष्ट पारेको छ। यसका साथै, यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितलाई पूरा बीमा अवधिभर पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ।

बीमालेख पुनर्जागरण गर्न अनिवार्य रुपमा आवश्यक अन्डराइटिङ प्रक्रिया गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS