IME Life New

व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १००% छुट दिने सिटिजन लाइफको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उपदफा (२) र (३) को अधीनमा रही यो छुट प्रदान गरिएको कम्पनीले स्पष्ट पारेको छ।

Esewa
Crest

यो छुट सुविधा पाउन बीमितले आफ्नो व्यतित बीमालेखको नवीकरण बीमाशुल्क आज पुस २ गतेदेखि पुस २५ गतेसम्म भुक्तानी गर्नुपर्नेछ। यो अवधिभित्र व्यतित बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्ने बीमितले विलम्ब शुल्क (ब्याज)मा १०० प्रतिशत छुट पाउनेछन्।

यो सुविधा बीमा अवधिभरि एकपटकमात्र पाइनेछ। यो विलम्ब शुलक (ब्याज) छुट सुविधा बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको हुँदा यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरण मितिदेखि २ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ। बीमालेखमा उल्लेखित सामान्य सर्तहरु यथावत रहने कम्पनीले जनाएको छ।

विलम्ब शुल्क छुट प्रदान गरिएको अवधिभित्र नवीकरण बीमाशुल्क भुक्तनी गरी आआफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन र बीमालेख पुनर्जागरण गर्दा पेस गर्नुपर्ने कागजातका साथ कम्पनीका नजिकका शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS