IME Life New

सन नेपाल लाइफले गर्यो मार्केटिङ म्यानेजरहरुलाई सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गण्डकी नारायणी क्षेत्रका मार्केटिङ म्यानेजरहरुलाई सम्मान गरेको छ।

भरतपुरको ग्लोवल होटलमा शनिबार एक कार्यक्रम आयोजना गरी कम्पनीले १०० भन्दा बढी अभिकर्तालाई सम्मान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा सिनियर डेपुटी सीईओ कवि फुँयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं तथा डेपुटी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न तह प्राप्त गर्ने अभिकर्ताहरु सम्मानित भएका थिए।

Esewa
Crest

शुक्र क्लबमा पुग्ने तथा उच्च व्यवसाय गर्ने अभिकर्ताहरुलाई फूलमालासहित पूष्पवृष्टि गरी सम्मान गरिएको थियो। सम्मानित अभिकर्ताहरुमध्ये गत आर्थिक वर्षका मार्केटिङ म्यानेजरहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि सीईओ अर्यालले अभिकर्ता सम्मानित पेसा भएकोले पेसागत मर्यादालाई ध्यान दिएर सन नेपालको योजना लिएर जनताको घर–घरमा पुग्न अभिकर्ताहरुलाई अनुरोध गरे।

सिनियर डीसीईओ कवि फुँयालले बीमितको हितलाई प्रथमिकता दिदै धैर्यशील भएर निरन्तर लागिरहे अभिकर्ता पेसाबाट सफलता प्राप्त गर्न सकिने बताए। फुँयालले अभिकर्ताको भूमिका र डिजिटलाइजेसनको महत्वको विषयमा प्रकाश पारेका थिए।

प्रमुख बजार अधिकृत गणेश चौलागाईंले सन नेपालले ल्याएको नयाँ योजना आपतमा राहत जनताको दैनिक जनजीवनमा अतिआवश्यक भएकोले यसबारेमा जनतालाई सचेत गराउन आग्रह गरे। आपत्कालीन अवस्थामा उपचारका लागि यो योजनाले रु. १ लाखसम्म बीमितलाई उपचार खर्च उपलब्ध गराउने भएकाले यो योजना लोक प्रिय बन्दै गएको उनको भनाइ थियो।

चौलागाईंले अभिकर्ताको व्यक्तित्व विकास र व्यवसाय बृद्धिको विषयमा प्रशिक्षणसमेत दिएका थिए।

कार्यक्रममा नारायणगढ, हेटौँडा, गोर्खा, लमजुङ, कावासोती, गौँडाकोट, चनौली, माडी, भरतपुर, टाँडी, दमौली क्षेत्रका शाखा प्रमुख, कर्मचारी र अभिकर्ताहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS