IME Life New

आईएमई लाइफको टाइम्स थ्री बिजनेस समिट सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा प्रिमियर क्लब विजेता एजेन्सी म्यानेजरहरुका लागि टाइम्स थ्री बिजनेस समिट चितवनको जगतपुरस्थित टाइगर ल्यान्ड सफारी रिसोर्टमा सम्पन्न गरेको छ। कार्यक्रममा ६० जना भन्दा बढी उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजरको सहभागिता थियो।

हरेक वर्ष आयोजना हुने यो कार्यक्रम कम्पनीले आफ्ना एजेन्सी लिडरहरुलाई सहभागी गराएर गर्नेमध्येको दोस्रो ठूलो बिजनेस समिट हो। कार्यक्रमको उद्घाटन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले पानसमा बत्ती बालेर गरेका थिए भने नायब प्रमुख कार्यकारी अधिकृतद्वय दिनेश अमात्य र खिलेन्द्र पौडेलले उक्त कार्यक्रमको पृष्ठभूमि तथा उद्देश्यको विषयमा मन्तव्य राखेका थिए।

Esewa
Crest

यसैगरी बागमती प्रदेश प्रमुख चन्द्रप्रसाद भट्टराईले सहभागीहरुलाई स्वागत गरेका थिए भने चिफ स्ट्राट्रेजी अफिसर आईआर सुवेदीले कसरी एजेन्सी म्यानेजरहरुले आफ्नो आम्दानीलाई ३ गुणाले वृद्धि गर्न सक्नेछन् भनी आइडिया शेअर गरेका थिए। कार्यक्रमको व्यवस्थापन समन्वयात्मक रुपमा एजेन्सी विभाग, तालिम विभाग र ब्रान्डिङबाट भएको थियो।

उपस्थित सहभागीलाई मानिसिक रुपमा स्वस्थ र स्फुर्त हुनुपर्दछ भन्दै सामाजिक व्यक्तित्व विजयराज सिग्देलले २ घन्टाको तनाव व्यवस्थापन तथा स्वव्यवस्थापन सम्बन्धमा आध्यात्मिक सहभागितामूलक प्रस्तुति दिएका थिए। अत्यन्त उत्साहपूर्ण सहभागिता रहेको कार्यक्रममा सबैलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। सम्मानित भएपछि सबै सहभागीले आगामी वर्षको कार्यक्रममा अझ उत्कृष्ट व्यवसाय गरी कम्पनीलाई उत्कृष्ट कम्पनी बनाउने सामूहिक प्रतिबद्धता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS