IME Life New

सानिमा रिलायन्स लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमक सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शनिबार काठमाडौंमा चाबहिल क्षेत्र अन्तर्गतका अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धिका लागि तालिम आयोजना गरेको छ।

तालिममा सहभागि अभिकर्ताहरूलाइ चिफ बिजनेश अफिसरद्वय गुणराज श्रेष्ठ र सूर्य प्रकाश गुप्ताले बीमा बिक्री कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । उनीहरूले सानिमा रिलायन्सका बीमा योजनाहरूलाइ कसरी आम मानिसको जीवन चक्रसँग जोडेर बिक्री गर्न सकिन्छ भन्ने विषयमा पनि अभिकर्तासँग अनुभव बाँडेका थिए ।

Esewa
Crest

सर्वसाधारणलाइ जीवन बीमाका प्राविधिक र अप्ठेरा शब्दावलीको प्रयोगको साटो साधारण र सहजरूपमा बुझ्न सक्ने र जीवनमा अनुभूत हुने घटनाक्रमसँग आबद्ध गरेर बीमालेख बिक्री गर्न प्रशिक्षकले सुझाएका थिए । साथै बीमालेख बिक्री गर्ने ध्याउन्नमा मात्र नलागेर ग्राहकको वित्तीय आवश्यक्ता अनुसार उपयुक्त वित्तीय व्यवस्थापन सल्लाह जस्तै आम्दानीको स्तर अनुसारको बचत गर्ने सीमा, लगानीको विकल्प, भविष्यको आवश्यक्ताको उपयुक्त पहिचान, बीमालेखको धितोमा कर्जाको सुविधा लगायतका विषयमा पनि प्रकाश पारेका थिए।

प्रशिक्षणमा सानिमा रिलायन्समा आबद्ध चाबहिल क्षेत्र अन्तर्गतका एक सयभन्दा बढी व्यवसायीक बीमा अभिकर्ताको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS