काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
यसैबीच रेसुङ्गा नगरपालिका ११ सिमिचौरमा भएको एक विवाहमा तिन जना फुपूहरु (गङ्गा थापा,तारा थापा के सी ,र पार्वती थापा कार्की) ले आफ्नो भदैनीलाई विवाहको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् ।
आफ्नो भदैनीको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक शुभअवसरमा जीवन बीमा सुरुवात गर्दै भदैनी सुजाता थापालाई ५ लाखको सिटिजन शुभारम्भ बीमा योजना बीमा पोलिसी उपहार प्रदान गरेका हुन्।