IME Life
GBIME

बिजयले बहिनीको विवाहमा दिए ‘सिटिजन जीवन सारथी’ बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला विभिन्न कारण दैनिक घरमा आवश्यक सामग्री उपहार दिइन्थ्यो । अहिले जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैबीच कपिलवस्तुमा भएको एक विवाहमा दाइले बहिनीलाई बीमा पोलिसी उपहार दिएका छन् । आफ्नो बहिनीको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक शुभअवसरमा जीवन बीमा सुरुवात गरेको बुदभुमी नं. पां. १ महेन्द्रकोट, कपिलवस्तुका बिजय पोख्रेलले बहिनी दुर्गा पोख्रेललाई ५ लाखको सिटिजन जीवन सारथी बीमा योजना बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।

Crest

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बेलबास शाखाका एजेन्सी म्यानेजर गोपाल कुवॅंरले जीवनमा विपत्तिले निम्त्याउन सक्ने र आर्थिक समस्याको समाधान गर्न जीवन बीमा उपहार दिइएको कुवॅंरले बताए।

परम्परागत उपहार भन्दा पनि वर्षौंसम्म उपयोग र सधैंभर याद दिलाउने उपहारको रुपमा बीमा दिने चलन बढेको सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी बेलबास शाखाका प्रवन्धक योगेन्द्र रायमाझीले बताए । यो नौलो उपहार भएपनि पछिल्लो समय यस्तो क्रम बढ्दै गएको उनको भनाई छ ।

जसरी विवाहलाई जीवनको एउटा कर्म मानिन्छ उसैगरी बीमालाई समेत बुझ्नु पर्ने प्रवन्धक रायमाझीले बताए । विवाह समारोहमा उपस्थित आफन्त,जन्तीपक्षले नौलो कामको प्रसंसा गर्दै आफूहरु पनि जीवन बीमा गराउन इच्छुक रहेको बताएका छन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS