IME Life New

एशियन लाइफको बागमती प्रदेश स्तरिय अभिकर्ता सम्मान् कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम अन्तर्गत एशियन लाइफ इन्स्योरेन्सको बागमती प्रदेश काठमाडाैं उपत्यका, काभ्रे र नुवाकोटका अभिकर्ताको सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कुपण्डोलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाइ इन्स्योरेन्सले सम्मान गरेको हो । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, पेशागत बीमा अभिकर्ता संघ बीमक समितिका सदस्य ध्रुव गिरी, प्रशिक्षक डा. तारा प्रसाद गिरीले अभिकर्तालाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पेशागत बीमा अभिकर्ता संघ एशियन लाइफ इन्स्योरेन्स बीमक समिति सदस्य गिरीले बीमितको बोनश दर वृद्धिका लागि पहल गर्न इन्स्योरेन्सको उच्च व्यवस्थापनसँग अनुराेध गरेका थिए ।

कार्यक्रमको सभापति समेत रहेका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमाकोषको वृद्धिसँगै बीमित र अभिकर्ताका लागि अधिकत्तम प्रतिफल दिलाउन इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए । उनले अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धिका लागि विदेशी प्रशिक्षकबाट समेत तालिम कार्यक्रम सञ्चालन गरिएको बताउँदै अभिकर्ताको पेशागत हित कम्पनी व्यवस्थापनको प्राथमिकतामा रहेको भन्दै बीमित र अभिकर्ताको सुविधाका लागि प्रदेश स्तरमा इन्स्योरेन्सको आफ्नै भवन खरिद गरेर थप पूर्वाधार सहितको कार्यालय सञ्चालनको योजना समेत रहेको जानकारी गराए ।

कार्यक्रमको दोश्रो शत्रमा डा. गिरीले अभिकर्तालाई उत्प्रेरणात्मक तालिम सहित व्यवसायीक लक्ष्य तय गर्ने र लक्ष्य हासिल गर्नका लागि गर्नुपर्ने तयारीका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रममा ललितपुर,भक्तपुर, काठमाडाैं, काभ्रे, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोकका अभिकर्ताको सहभागिता रहेको पेशागत बीमा अभिकर्ता संघ बीमक समितिले जानकारी दिएको छ। इन्स्योरेन्सका अनुसार अभिकर्ता उत्प्रेरणा र व्यवसायीक दक्षता वृद्धिका लागि यस वर्ष सातवटै प्रदेशको विभिन्न १२ भन्दा बढी स्थानमा प्रदेश स्तरिय अभिकर्ता सम्मान र व्यवसायीक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS