IME Life
GBIME

सानिमा रिलायन्स लाइफले बढायो नाफा, कुल बीमाशुल्क आर्जन डेढ अर्ब बढी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ११ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा १९.९३ प्रतिशतले बढेको छ।

Crest

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिमा १ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कुल बीमाशुल्क ३.२७ प्रतिशतले बढेको छ।

प्रथम त्रैमासमा कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कमपनीले १ अर्ब ४३ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क ४.९६ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा १६ अर्ब ६ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म जीवन बीमा कोषमा १४ अर्ब ७९ करोड ३ लाख रुपैयाँ रहेको थियो। जीवन बीमा कोषको आकार ८.६३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा १२ करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४१ करोड ३१ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १२ करोड ५४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ८९ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १०.७४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १०.६० रुपैयाँ थियो। पीई रेसियो ४३.६६ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११२.४१ रुपैयाँ रहेको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS