IME Life New

नेशनल लाइफको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “एक्सेल एण्ड इलिभेट” भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३ दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागिय प्रमुख तथा देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २५० जना भन्दा बढिको सहभागिता भएको उक्त सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले कम्पनीमा कार्यरत सवै तहका कर्मचारीहरु कम्पनीको ब्राण्ड एम्वेसेडर भएको हुँदा कम्पनीलाई अग्रस्थानमा पु-याउन आ–आफ्नो क्षेत्रबाट सबैजनाले जिम्मेवारी वहन गर्नुपर्ने बताइन् । उनले देशै भरीबाट कम्पनीको दैनिक कार्य सम्पादनमा उत्कृष्ट ठहरिएका ७ जना प्रशासनिक कर्मचारीहरु अत्तरिया शाखाका रामसिंह चौधरी, सुर्खेत शाखाका राजेन्द्र चौधरी, बुटवल शाखाका प्रविण कुमार शर्मा, दमौली शाखाबाट मिलन थापा मगर केन्द्रिय कार्यालयकी दिक्षा पनेरु, राजविराज शाखाकी प्रज्ञा आचार्य कर्ण र पाँचथर शाखाकी दिलकुमारी योञ्जन लाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।

Esewa
Crest

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने प्रतिबद्धता जनाए ।

यसैगरी, नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उप निर्देशक साम्भराज लामिछानेले सम्पती शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्दै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे । विभिन्न वित्तिय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उनीहरुको वित्तीय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने भएकोले राष्ट्रिय हितका लागि यस्ता कार्यलाई रोक्नु हामी सबैको कर्तव्य भएको बताए ।

कार्यक्रममा सहभागि कर्मचारीहरुलाई प्रशिक्षक अरनिको सिंहले आपूmलाई सुम्पिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न समस्याहरुको पहिचान हुने गरी खाका तयार गरेमा जुन सुकै समस्याको समाधान गर्न सहजिकरण हुने र सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा कर्मचारीहरुको दक्षता जाँच गर्नका लागि सहभागि प्रशासनिक कर्मचारीहरुको परीक्षा संचालन गरिएको थियो । सो परिक्षा बाट प्रथम द्धित्तिय र तृत्तिय हुन सफल क्रमशः बुटवल शाखाबाट प्रविण कुमार शर्मा, काठमाडौं शाखाबाट चक्र प्रसाद जोशी र केन्दिय कार्यालयबाट दिपक मरासिनीलाई प्रमुख कार्यकारी अधिकृतले नगद पुरस्कार सहित सम्मान गरेका थिए ।

सो सम्मेलनमा पुरुष तर्फ फुटसल र महिला तर्फ म्यूजिकल चेयर जस्ता विविध खेलहरु पनि आयोजना गरिएको थियो । जस अन्तर्गत फुटसल तर्फ प्रथम द्धित्तिय तृत्तिय हुने क्रमश कोशी प्रदेश, केन्द्रिय कार्यालय र बागमती प्रदेश तथा म्यूजिकल चेयर तर्फ प्रथम द्धित्तिय तृत्तिय हने क्रमश पवित्रा लुंगेली सिन्धुली, सविना भट्टराई किर्तिपुर र अप्सरा खत्री गाईघाटलाई पनि प्रमुुख कार्यकारी अधिकृतले कप तथा मेडल प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS