IME Life New

एशियन लाइफको बीएम तथा क्लव मेम्बरहरुलाई सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी कालिकोट शाखाले आर्थिक वर्ष २०८०/०८१ बीएम क्लब मेम्बर सम्मान तथा अभिकर्ता पुर्णताजगी तालिम सम्पन्न भएको छ । यस कार्यक्रममा कालिकोट शाखा प्रबन्धक जन्मदेव बरालको सभा अध्यक्षता र कर्णाली प्रदेश क्षेत्रिय प्रमुख वीर बहादुर भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कालिकोट जिल्लामा विगत लामो समय देखि यस शाखाको बीमा क्षेत्रमा काम गर्दै आएका सिनियर विजनेश म्यानेजर तथा अभिकर्ता धन बहादुर बटाला, जल बहादुर शाही, दिपराज खड्काको विशेष आथित्यतामा अभिकर्ता ठम्म प्रसाद आचार्य, प्रिमा कुमारी वि.क., सन्तोष भण्डारी, लक्ष्मण अधिकारी, भगिराम अधिकारी, मदन रोकाया, मदनराज संज्याल, शेर बहादुर रामजाली मगर लगायत सो कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ को व्यावसायको आधारमा ५० जना लाई सम्मान गरिएको छ । उक्त कार्यक्रमको संचालक कालिकोट शाखा अप्रेशन इन्र्चाज लिलाराज संज्यालले गर्नुभएको र उपथितीहरुलाई स्वागत मन्तव्य रास्कोट मार्केटि¨ उत्तम खड्काले गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा कम्पनीको स्थापना कालदेखि वर्तमान अवस्थाको लगानी क्षेत्र, बीएम क्लवमेम्बर सुविधा लगायत सम्मानित सवैलाई बधाई सहित धन्यबाद सभा अध्यक्ष जन्मदेव बरालले दिएका थिए । कार्यक्रममा अभिकर्ता हरुलाई नयाँ बीमा योजनाको वारेमा अभिकर्ताको फाइदा बेफाईदा तथा मोटिभेशनल तालिम कर्णाली प्रदेश क्षेत्रिय प्रमुख वीर बहादुर भण्डारीले दिए । कार्यक्रममा बीमा बिक्रीकला आफ्ना अनुभवहरु शेयर गर्दै आगामि दिनमा बीमा व्यवसायमाथि आउने चुनौति र फाइदाको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS