IME Life
GBIME

प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरण गर्दा कात्तिक ३० गतेसम्म छुट पाइने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो ।

कम्पनीले व्यतित भएका बीमालेखहरु २०८१ कात्तिक ७ गतेदेखि कात्तिक ३० गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा २ वर्षभित्र व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत २ देखि ३ वर्ष अवधिसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्ष भन्दा बढी व्यतित बीमालेखहरुमा २५ प्रतिशत विलम्ब शुल्क (ब्याज) मा छुट गर्ने जनाएको छ ।

Crest

यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम कट्टा गरिनेछ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS