Siddhartha Bank
GBIME
IME Life

सिटिजन लाइफको मैतिदेवी स्थित स्थानान्तरित शाखाको समुद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मैतिदेवी स्थित स्थानान्तरित शाखाको आज कात्तिक १२ गते समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । यस शाखा कार्यालयको उद्घाटन कम्पनीका ब्रान्ड एम्बेसेडर द्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यद्वारा सु सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल , मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेल साथै कम्पनीका केहि विभाग प्रमुख, कम्पनीका टप सिनियर एजेन्सी म्यानेजरहरु, लगायत सिटिजनका केही लिडरहरु र स्थानीय महानुभावहरुको पनि उपस्थिति रहेको थियो ।

SKYWELL
Crest

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरुले थप सहज र गुणस्तरिय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । समापनको अवसरमा कम्पनीका ब्राण्ड एम्बेसेडर द्वय मदन कृष्ण श्रेष्ठ र हरि वंश आचार्यले कम्पनीले आजको मितिसम्म हसिल गरेको सफलतामा उनीहरुलाई गर्व रहेको भावना व्यक्त गरे ।

यस संस्थाले सधै आफुहरुलाई धेरै माया गरेको र देशको भरपर्दो लाइफ इन्स्योरेन्स कम्पनीसँग आवद्ध रहन पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण अभिकर्ताहरुलाई सिटिजन लाइफ इन्स्योरेन्समा जोडिएर स्वोरोजगार भएर जीवन निर्वाह गरेकोमा बधाई साथै शुभकामना व्यक्त गरे ।

यस कम्पनीले हाल प्रधान कार्यालय समेत गरी १३६ शाखा उपशाखा कार्यालयहरु मार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS