काठमाडौं । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।
यसै क्रममा हेमादेवी श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा छोरी एनिषा श्रेष्ठलाई जीवन बीमा उपहार दिएकी छन् । दोललघाट निवासी अष्टबहादुर श्रेष्ठ र श्रीमती हेमादेवी श्रेष्ठले आफ्नो जन्मदिनमा अरु फजुल खर्च गर्नुभन्दा आफ्नो छोरीलाई जीवन उपहार दिए भविष्यमा आइपर्न सक्ने जोखिम लाई न्युनिकरण गर्छ भन्ने उद्देश्यले बीमा पोलिसी उपहार दिएका हुन् ।
हेमादेवी श्रेष्ठका श्रीमान हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा एजेन्सी म्यानेजर (एमडीआरटी,सिओटी) छन् । उनले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा बीमा गर्दा बचत सुरक्षा हुने भएकाले सबैजनाले बीमा गर्नुपर्ने बताए ।