IME Life New

नेपालको बीमा क्षेत्रमै पहिलोपटक सन नेपाल लाइफ आईएसओ/आईईसीबाट प्रमाणित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएस (युनाइडेट किङडम एक्रेडिटेशन सर्भिस) बाट मान्यता प्राप्त एमटिभो लिमिटेड युकेमार्फत् आईएसओ/आईईसी २७००१ः२०२२ को प्रमाण पत्र प्राप्त गरेको छ। नेपालको बीमा क्षेत्रमै यो प्रमाणीकरण पाउने सन नेपाल लाइफ पहिलो कम्पनी हो।

यो मानकले सूचना सुरक्षण व्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्दछ। साथै यस अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।

Esewa
Crest

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकिय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा आईएसओ/आईईसी २७००१ः२०२२ सम्परीक्षण गरेको हो। नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्डबमोजिम सम्परीक्षण गरी आईएसओ/आईईसी २७००१ः२०२२ को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो कम्पनी भएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

यसबाट कम्पनीले जोखिममा  आधारित प्रणालीमा सूचना प्रवाहसँग सम्बन्धित हरेक प्रकृयाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकीन गर्ने र त्यसको नियन्त्रणका लागि पहिलो तहको प्रतिरोधबाटै जोखिम न्यूनिकरणको रणनीति तयार गर्नेछ ।

आईएसओ/आईईसी २७००१ः२०२२ को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ। निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS