IME Life
GBIME

अनुषाले छोराको जन्मदिनमा दिइन् बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समाजमा विभिन्न किसिमले जन्म दिन मनाउने गरिन्छ । जन्मदिन मनाउने क्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर अनुषा वन गिरीले छोरालाई बीमा पोलिसी उपहार दिएकी छन् ।

मंगलबार जन्मदिन रहेको छोरा अशिम गिरीलाई बीमा पोलिसी उपहार दिएकी हुन् । छोराको उच्च शिक्षाका लागि आफुले बीमा गरिदिएको अनुषाले बताइन् । बीमाले आर्थिक रक्षावरण गर्नुका साथै भविष्यको लागि बचत हुने भएकाले छोराको जन्मदिनमा बिमा गरिदिएको उनको भनाई छ ।

Crest

अनुषाले ११ बर्षीय छोरा असिमलाई १० लाखको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अनमोल रत्न बाल सावधिक जीवन बीमा खरिद गरिदिएको बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले जानकारी दिए ।

इन्स्योरेन्स कम्पनीको बिर्तामोड शाखा कार्यालयमा आयोजित कार्यक्रमका बिच असिमलाई उक्त पोलिसी हस्तान्तरण गरिएको थियो ।

त्यस्तै बिर्तामोड–५ निवासी शोभा श्रेष्ठले पनि मंगलबार नै आफ्नो जन्मदिनको अवसरमा २५ लाखको जीवन बीमा पोलिसी खरिद गरेकीछन् । उनले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नारी जीवन बीमा योजना खरिद गरेको कम्पनीका मार्केटिङ एक्ज्युकेटिभ भिम खनालले जानकारी दिए । उनलाई समेत सो कार्यक्रममा शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले पोलीसी हस्तान्तरण गरेका थिए ।

भविष्यको लागि बचत हुनुका साथै सुरक्षित भविष्यका लागि बीमा पोलिसी खरिद गरेको श्रेष्ठले बताइन् । उनीहरुलाई कम्पनीका भद्रपुर शाखा प्रमुख अखिलेश्वर बोहोराले शुभकामना दिएका थिए ।

कार्यक्रममा एजेन्सी मेनेजरहरु खिवराज दाहाल, सागर रिजाल, मीरा श्रेष्ठ, सपना संग्रौलालगायतको उपस्थिती रहेको थियो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS