GBIME
IME Life

एशियन लाइफले लुम्बिनी प्रदेशका अभिकर्ताको सम्मानमा गर्‍यो भव्य कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशको दुई स्थानमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशको दाङ र कोहलपुरमा अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेको हो।

तुलसीपुरमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले क्लब मेम्बर र बिजनेश म्यानेजरलाई सम्मान पत्र वितरण गरेका थिए । अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धिका लागि डा. तारा जीले बिक्री उत्प्रेरणा सम्बन्धी प्रशिक्षण समेत दिएका थिए ।

SKYWELL
Crest

इन्स्योरेन्सका अनुसार सम्मान कार्यक्रममा दाङ, रूकुम, रोल्पा, प्युठान, सल्यान लगायतको जिल्लाका सकृय अभिकर्ताहरूको सहभागिता रहेको थियो । यसैगरी सम्बन्धित जिल्लाको शाखा,उपशाखा कार्यालयका प्रमुखहरूको समेत उपस्थिति रहेको छ। कार्यक्रमको सभापतित्व इन्स्योरेन्सको लुम्बिनी प्रदेश प्रमुख केशव राज गिरीले गरेका थिए ।

यसैगरी इन्स्योरेन्सले लुम्बिनी प्रदेशको बाँके बर्दिया जिल्ला अन्तर्गतका अभिकर्ताको सम्मान कार्यक्रम कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा गरेको छ। कार्यक्रममा कम्पनीको बजार विभागका विजय पराजुलीले अभिकर्तालाई प्रशंसा पत्र सहित सम्मान गरेका थिए ।

बिहीबार आयोजित कार्यक्रममा बाँके बर्दियाका अभिकर्ता र शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । सहभागिहरूलाई प्रशिक्षक लेखनाथ पाैडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रम कर्णाली प्रदेश प्रमुख जयानन्द भट्टको सभापतित्वमा सम्पन्न भएको थियो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS