IME Life New

बाढीपहिरोको वितन्डाः सिटिजन लाइफले दाबी भुक्तानी छिटो दिन शाखाहरुमा खोल्यो विशेष कक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशभर बाढीपहिरोले वितन्डा मच्चाइरहेको बेला सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी छिटो दिन शाखाहरुमा विशेष कक्ष सञ्चालनमा ल्याएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी बाढीपहिरोको यस कठिन समयमा जीवन बीमा दाबी भुक्तानीलगायतका सेवा यथाशीघ्र दिन देशभरि रहेका विभिन्न शाखाअन्तर्गत विशेष कक्ष सञ्चालनमा ल्याइएको जानकारी गराएको हो। तिनै विशेष कक्षमार्फत दाबीभुक्तालगायतका सेवा दिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

Esewa
Crest

विपत्तिको यस घडीमा आआफ्नो क्षेत्रबाट हरसम्भव आवश्यक सेवा र सहयोग गर्न पनि कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारी, अभिकर्ता, बीमित, बीमाकर्मी एवं शुभचिन्तकलाई आग्रह गरेको छ।

विगत केही दिनदेखि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले गर्दा जनधनको क्षतिका साथै धेरै संख्यामा मानिसको मृत्यु र प्रभावित क्षेत्रमा घाइते तथा बेपत्ता भएको खबरबाट सिंगो मुलुकसँगै बीमा क्षेत्रसमेत अत्यन्त मर्माहित भएको कम्पनीले उल्लेख गरेको छ।

प्राकृतिक विपत्तिको यस घडीमा सिटिजन लाइफले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरुको खोजी एवं घाइतेहरुको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। घाइते तथा बेपत्ताको शीघ्र एवं प्रभावकारी उद्धारका लागि आवश्यक समन्वय एवं सहयोगका लागि कार्य गरिरहेको पनि कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS