IME Life New

टेलर दम्पतीले छोराको जन्मदिनमा दिए बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसै क्रममा कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा न १ बस्ने दिनेश टेलर र लीला कुमारी दमाईकोले आफ्नो छोराको जन्मउत्सबको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका हुन् ।

Esewa
Crest

उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय अत्तरिया शाखा कार्यालय बाट शुलभ बाल जिवन बीमा प्लस पोलिसि उपहार दिएका हुन् । छोराको उज्ज्वल भविष्यका लागि भन्दै उनले बीमा पोलिसि उपहार स्वरुप दिए । उक्त बीमालेख कम्पनीका अत्तरिया शाखा प्रमुख मोहन बहादुर बोहरा, अभिकर्ता राजमति साउद एमडीआरटी प्रेम साउद प्रकाश कुँवर लगायतको टीमले बीमितको जन्मोत्सव निज कै घरमा गई जन्मदिनको सुभकामना दिँदै उल्लेखनिय कार्यको लागि बधाई दिदै बीमालेख हस्तान्तरण गरेका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त प्रभु बैंक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको दाबी भुक्तानी ,नाफा, सेवा, प्राविधिमैत्री बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS