IME Life New

सिद्ध कुमाख गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको सिद्ध कुमाख गाउँपालिकाको वडा नम्बर ३ फलाटेमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकको टोलटोल अनि घर घरमा पुगेर कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी सचेतना बृद्धि गर्ने अभ्यासलाई निरन्तरता दिने क्रममा कम्पनीले सो गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको हो ।

कृषकलाई बीमाको दायरामा ल्याउन देशभरका विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम संचालन गरि रहेको र छलफल कार्यक्रम निरन्तर चलिरहने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।

Crest

उक्त छलफल कार्यक्रमका प्रमुख अतिथि सिद्धकुमाख गाउँपालिका वडा न, ३ का वडा अध्यक्ष जिबराज बोहराले सबै बीमा अपरिहार्य रहेको र त्यस माथी कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको हुंदा बीमा गरेमा निकै फलदायी हुने बताए । उनले कृषकलाइ बीमाको दायारामा ल्याउन आउदा दिनहरुमा वडा बाट पनि थप प्रयास गर्ने बताउँदै यस्तो खालको कार्यक्रम आफ्नो वडामा पहिलो पटक भएकोमा खुसी ब्यक्त गरे ।

त्यस्तै कार्यक्रममा अतिथी पहाडी नस्ल सुधार बाख्रापालन समूहका अध्यक्ष याम बहादुर बोहराले बर्सौ देखि एनएलजीबाट बीमा बनाइ बीमाको लाभ लिदै आइरहेको र सबै कृषकलाइ समेत बीमा गर्न आग्रह गरे ।

साथै कार्यक्रममा ज्येष्ठ नागरिक जन बहादुर चलाउने,पहाडी नस्ल सुधार बाख्रा पालन समूहका कोषाध्यक्ष सोनि बस्नेत आदि लगायतको अतिथ्यता रहेको थियो ।

 उक्त छलफल कार्यक्रम एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाका शाखा प्रमुख अनुराग बोहराको संयोजकत्वमा सम्पन्न भएको थियो । शाखा प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

उनले सल्यान जिल्लामा कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरंतरता दिदै नेपाल सरकारले कृषकलाई दिने बीमा शुल्कमा दिने अनुदानको लाभसँगै बीमाको लाभ लिन सल्यान जिल्लाका सबै कृषकलाइ बीमाको दायरामा ल्याउन अहोरात्र खट्दै थप नबिनतम अभ्यासहरु गर्दै अघि बढ्ने समेत बताए ।

शाखा प्रमुख बोहराले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपंक्षी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराए ।

कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका वडा न ३ का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ४९ जना व्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अभिकर्ता हरि बहादुर रेउलेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS