IME Life New

आइएमई लाइफको बेस्ट टर्म लाइफ जीवन बीमा योजना सार्वजनिक, २१ घातक रोगको रक्षावरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले “बेस्ट टर्म लाइफ जीवन बीमा योजना” नयाँ म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ । अत्यन्त सरल, किफायती र उपयोगी विशेषताहरुसहित विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई लक्षित गरी यो बीमा योजना ल्याएको कम्पनीले जनाएको छ । १८ वर्ष भन्दा माथिका व्यक्तिहरुले न्यूनतम बीमाङ्क रु ५० हजार राखी लिन सकिने यो विशेष म्यादी बीमा विशेष गरी पहिलो रोजगारमा प्रवेश गरेका व्यक्ति, नयाँ स्वरोजगारी, बिभिन्न पेशागत व्यक्तिहरु, खेलाडी आदिका रोजाइमा पर्ने विश्वास रहेको समेत उल्लेख गरिएको छ ।

विभिन्न पूरक ऐच्छिक सुविधा, दुर्घटना बीमा लाभ, बिभिन्न २१ घातक रोगबिरुद्धको रक्षावरण सहित किन्न सकिने यो बेस्ट टर्म घरबाटै अनलाइनमार्फत अत्यन्त सरल प्रक्रियाबाट प्राप्त गर्नसक्ने ब्यवस्था कम्पनीले गरेको छ । साथै बीमाशुल्कको भुक्तानी बीमितको इच्छा अनुसार एकैपटक वा नियमितरुपमा तिर्न सकिनेछ ।

Esewa
Crest

कम्पनीबाट प्रदान गरिने अन्य बीमाजस्तै यो बीमा पनि अनलाइन बाहेक कम्पनीको कुनै पनि शाखा वा बीमा अभिकर्ता मार्फत सहज तरिकाले लिन सकिने जनाइएको छ ।

खासगरी बीमा दाबी प्रक्रियामा सरलता ल्याई छिटो दाबी भुक्तानी गर्दै आएको र पारदर्शीतालाई आफ्नो मुलमन्त्र मानेर काम गर्ने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले जनमानसमा विद्यमान रहेको विश्वासलाई आफ्नो सफलताको कारण मान्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS