IME Life New

कहिलेसम्म शेयर किन्नेले प्रभु महालक्ष्मी लाइफको प्रस्तावित लाभांश पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको प्रस्तावित लाभांश पाउन र वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

Esewa
Crest

सो प्रस्ताव पारित गर्न कम्पनीले सातौँ वार्षिक साधारणसभा असोज २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०७९।८०का लागि प्रस्तावित लाभांश र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरी सोही सभाले नियामकले निर्धारण गरेको चुक्तापुँजी पुर्याउन बोनस शेयर जारीपछि कायम चुक्तापुँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित साविक महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९।८० को २०८० असार मसान्तको तथा प्रभु महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गर्नेछ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिदेखि प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशनमा दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS