IME Life New

एशियन लाइफद्वारा घातक रोग वापतको दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घोतक रोग वापतको दाबी भुक्तानी दिएको छ। कम्पनीकी बीमित सर्मिला कटुवाल थापाले आफु प्रस्तावक भई एशियन लाइफ इन्स्योरेन्समा आफ्नो छोरीको ५ लाखको बीमा गरेकी थिइन् । सर्मिला कटुवाल थापाले विगत ८ महिना अगाडीदेखि स्तन क्यान्सर भइ उपचार गराइरहेकी थिइन् । सोही क्रममा उनले कम्पनीबाट पाउने घातक रोग सुविधा वापतको रकम हस्तान्तरण गरेको छ ।

थापालाई कम्पनीले घातक रोग सुविधा दिने विषयमा जानकारी थिएन । तर, पछि आफ्नो बीमा गराउने अभिकर्ताले घातक रोगको बीमा सुविधा एशियन लाइफबाट पाइन्छ भन्ने जानकारी गराए लगत्तै उनले कम्पनीमा दाबी भुक्तानीको लागि विवरण पेश गरेपछि कम्पनीले तत्कालै घातक रोगको भुक्तानी दिएको हो ।

Esewa
Crest

उनलाई घोतक रोग वापत ५ लाख रुपैयाँ कम्पनीका चावहिल शाखा प्रमुख अशोकराज गिरीले हस्तान्तरण गरेका हुन् । धेरै बीमितहरूलाई छिटो छरितो रूपमा बीमाको रकम उपलब्ध गराउदै आएको एशियन लाइफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी, घातक रोग, समर्पण र समाप्ती लगायतमा भुक्तानीमा सहज र सरल गराएको कारण हाल अभिकर्ताले उल्लेख्य मात्रमा बीमा जारी गर्न सफल भएको शाखा प्रमुख गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS