GBIME
IME Life

प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारणसभा आह्वान, लाभांश र हकप्रद मुख्य अजेन्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार (भदौ २३ गते) बसेको बैठकले आउँदो असोज २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक वर्ष २०७९।८०का लागि प्रस्तावित लाभांश र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

SKYWELL
Crest

यसैगरी सोही सभाले नियामकले निर्धारण गरेको चुक्तापुँजी पुर्याउन बोनस शेयर जारीपछि कायम चुक्तापुँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदनसहित साविक महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९।८० को २०८० असार मसान्तको तथा प्रभु महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण पारित गर्नेछ।

कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०।८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले स्वतन्त्र सञ्चालक नियुक्तिदेखि प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायहरुले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशनमा दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS