IME Life New

एलआइसी नेपाल २४औं वर्षमा प्रवेश, उत्कृष्ट कार्य गर्नेहरु सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल इ.स. २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बीमा कम्पनी हो । नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकका बीच बीमा बारे सचेतना बढाई बीमासेवाको दायरा बृद्धि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ ।
२३ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमूख अतिथिको रुपमा यस कम्पनीका संस्थापक संचालक अशोक कुमार अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता ,एजेन्सी म्यानेजर एवं निम्तालु अतिथीहरुलाई दोसल्ला ओडाई तथा टिका एवं माला पहिर्‍याई सम्मान गरेका थिए ।
कार्यक्रममा प्रथम बीमा शुल्क संकलनको आधारमा प्रथम हुने एजेन्ट पूर्ण बहादुर खड्का, बीमालेखको आधारमा प्रथम हुने शारदा राई (काठमाडौं) एजेन्सी म्यानेजरको आधारमा प्रथम हुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको थियो ।
त्यसैगरी सन् २००१ देखि अभिकर्ताको हैसियतमा सेवा प्रदान गर्ने उमेरले बरिष्ठ सक्रिय अभिकर्ता शंकर कार्की, चिकित्सकको रुपमा सेवा प्रदान गर्ने डा.अनिल मिश्र, हिमालयन पुनर्बीमा कम्पनीका डेपुटी कार्यकारी अधिकृत मनिष कुमार, केयर रेटिङका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झा, इक्रा नेपालकी प्रबन्ध निर्देशक वर्षा श्रेष्ठलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक  प्रणय कुमारले वर्तमान विषम परिस्थितिको वावजुद पनि यस बीमा कम्पनीले बीमाको माध्यमबाट मानिसको जीवनमा आईपर्ने जोखिममलाई न्यूनिकरण गरी आम नागरिकको बिश्वास जित्न सफल भएको छ भनी प्रष्ट पारे । कम्पनीलाई सफलताको यो उचाइसम्म ल्याई पुर्याउनमा नियमनकारी निकाय, संचालक समिति, शेयरधनी एवं कर्मचारी लगायत सबैमा हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS