IME Life New

रिलायबल नेपाल लाइफको चौतारा शाखाद्वारा शैक्षिक सामग्री हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वार्षिकोत्सवको उपलक्ष्यमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड चौतारा शाखाले शैक्षिक एवम खेलकुद सामग्री हस्तान्तरण गरेको छ । शनिवार कम्पनीको सातौं वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय चौताराद्वारा सिन्धुपाल्चोक जुगल गाँउपालिका ६ नंम्बर वडा बिशिङ्खर स्थित श्री जुगल माध्यमिक विद्यालयमा अध्ययनरत १८५ जना विद्यार्थीहरुलाई शैक्षिक एवम खेलकुद सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवम सोही वडाका अध्यक्ष टंक तामाङ, विद्यालयका प्रधानाध्यापक सुकलाल तामाङ अन्य शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुको उपस्थितीमा एक कार्यक्रम गर्दै चौतारा शाखाका शाखा प्रबन्धक लक्ष्मण बिष्टले सामाग्री हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

वडा अध्यक्ष तामाङले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई सामाजिक उत्तरदायित्व बोध गर्दै सहयोगको हात अघि बढाएकोमा धन्यबाद दिए ।

विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरणका साथै चौतारा शाखाले आफ्ना एजेन्सी म्यानेजर तथा रिलायबल एडभाइजरहरुको उपस्थितीमा केक काटेर वार्षिकोत्सव मनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS