IME Life New

एलआइसी नेपालले ल्यायो ‘जीवन उत्सव बीमा’ योजना, यस्ता छन् मुख्य ३ विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले विशेष सुविधा भएको जीवन उत्सव योजना सार्वजनिक गरेको हो । बीमाङ्कको ३ गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने , नियमित आर्जित बोनशको साथमा थप अतिरिक्त लाभ (बोनश सुविधा) र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकम सहित आर्जित बोनश प्रदान गरिने विशेषता भएको यस योजना सार्वजनिक गरेको हो ।

यस बीमा योजना एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । कम्पनीका वर्तमान निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक एदत्ता, सुचना प्रविधि प्रमूख रोहित बुदियाल, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय एवं अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरुले आज संयुक्त रुपमा सो योजना शुभारम्भ गरेका हुन् ।

Esewa
Crest

उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याईएको प्रष्ट पारे ।

यस बीमा योजनाले हाल बीमा अवधी नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्ने र बीमालाई लामो अबधिसम्म चलाउन मद्दत गर्ने विश्वास रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS